संविधान दिवसका अवसरमा आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर

संविधान दिवसका अवसरमा आजदेखि तीन दिनसम्म टेलिकमको अनलिमिटेड अफर

काठमाडौँ – नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक  र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । 

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने दैनिक १ जीबी डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४।७ प्रतिशतको भारी छुट प्रदान गरिएको उल्लेख गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५ सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु एस्टिक १४१५ एस्टिक ११ ह्यास् डायल गरी प्राप्त गर्न सकिनेछ । साथै, ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।