नेपाली फुटबल लाई अभ्यासमा फर्काउन अझै सकिएन

नेपाली फुटबल लाई अभ्यासमा फर्काउन अझै सकिएन

काठमाडौँ - नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छन । महामारीको चपेटामा परेको फुटबल गतिविधि कहिले सुचारु हुन्छ भन्ने अझै अन्योल छ । तर नेपाली फुटबल लाई अभ्यासमा फर्काउन अझै सकिएको छैन ।

महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल गतिविधि भैरहँदा नेपालमा भन  फुटबलको अभ्यास समेत सुचारु हुन सकेको छैन ।  कोरोनाको कहर व्यापक हुँदा गतिविधि पनि शून्य नै देखिएका छन् । घरेलु प्रतियोगिताका ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सिमित भएको छ । सरकारले स्वास्थ मापदण्ड बनाएर फुटबलका गतिविधि संचालन हुर्ने आसामा खेलाडी छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भएको तर अनुमति प्राप्त नभएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय बताउँछन ।

खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । सिमित वातवरणले उनीहरुलाई पिरोलीरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलानको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ । 

तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन् । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने देखिन्छ ।