आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब भिड्दै

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब भिड्दै

काठमाडौँ – यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुदैछ । सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार  बिहिबार (आज) साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

लिगमा चौथो खेल खेल्न लागेको मुम्बई आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेट पराजित भएको मुम्बई दोस्रो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ४९ रनको सहज जित निकालेको थियो । मुम्बई तेस्रो खेलमा भने रोयल्स च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।

साबिकको विजेता टोली भएका हिसाबले भएपनि मुम्बईलाई आजको खेलमा जित निकाल्नुपर्ने आवश्यकता छ । त्यस्तै चौथो खेल खेल्न लागेको पन्जाब एक खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाब दोस्रो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरविरुद्ध ९७ रनको फराकिलो जित निकालेको थियो । पन्जाबलाई लिगमा बलियो बन्न आजको खेलमा पनि जित निकाल्नुपर्नेछ ।