कोरोना संक्रमित शून्य रहेका ७ जिल्ला

कोरोना संक्रमित शून्य रहेका ७ जिल्ला

काठमाडौँ – नेपालका ६ जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, मुगु, म्याग्दी  र हुम्ला संक्रमणमुक्त जिल्ला भएको बताउनुभयो ।

आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ जना रहेको छ । शनिबार  पीसीआर विधिबाट १० हजार ३३३ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ९ लाख ४ हजार ७०६ जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न  क्वारेन्टाइनमा ७ हजार ७३५ जना रहेका छन् ।