कैलालीमा एक महिला पत्रकार मृत अवस्थामा फेला

कैलालीमा एक महिला पत्रकार मृत अवस्थामा फेला

काठमाडौँ – शुक्रवार दिउँसो कैलालीमा एक जना महिला पत्रकार मृत अवस्थामा फेला परेकी छन् । घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । 

प्रहरी टोली घटनास्थलमा पुगेको र शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको डिएसपी बिष्टले बताउनुभयो । घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।