पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

काठमाडौँ – नेपालमा कोरोना संक्रमणले थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता पाँच पुरुष र दुई महिलाको मृत्यु भएको हो । मोरङका दुई तथा काठमाडौँ, भक्तपुर र नवलपरासीका एक–एक पुरुषको मृत्यु भएको हो । यस्तै काठमाडौँ र ललितपुरका एक–एक महिलाको मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या तीन सय ९० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएकोमा आज ६ सय ३९ महिला र १ हजार ३८१ जना पुरुषमा संक्रमण देखिएको हो । आजसम्म संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।