राष्ट्रपति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुर्व्यवहारको आरोप

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुर्व्यवहारको आरोप

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुर्व्यवहारको आरोप लागेको छ । २३ वर्ष अघि ट्रम्पले आफुमाथी दुर्व्यवहार गरेको अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले आरोप लगाएकी हुन् । उनले द गार्जियनसँगको अन्तर्वार्तामा, ओपन टेनिस च्याम्पियनशीपका क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको दावी गरेकी हुन् ।

ट्रम्पले भने यो आरोपलाई खण्डन गरेका छन् । ट्रम्पको छबी खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको ट्रम्पका वकिलले बताएका छन् । यसअघि पनि ट्रम्पलाई दुर्व्यवहारको आरोप लागिसकेको छ ।