प्रदेश २ मा एकिकृत पोषण प्याकेज प्रदान

प्रदेश २ मा एकिकृत पोषण प्याकेज प्रदान

काठमाडौँ - प्रदेश २ का गर्भवती महिला, सुत्केरी र बालबालिकालाई कुपोषणबाट बचाउन एकिकृत पोषण प्याकेज प्रदान गरिएको छ । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोरको सहकार्यमा शनिबार सर्लाही जिल्लाको चन्द्रनगर २ मा ९३ परिवारलाई वितरण गरिएको हो ।

भोरले १ मे २०२० देखि नेपालको सात प्रदेशका सात वडाबाट एकिकृत पोषण प्याकेज वितरण शुरुवात गरेको हो । देशका १५ जिल्लाका २२ सय ५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई उक्त पोषण प्याकेज प्रदान गर्ने संस्थाको योजना रहेको छ ।

लकडाउनमा कुनै तहबाट गर्भवती तथा सुत्केरीलाई पोषण सामाग्री नपाएपछि भोरले यस्तो कार्यक्रम ल्याएको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । मिथिला वाइल्डलाइफ ट्रस्ट र भोर संस्थाले प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, ०.५ लिटर खानेतेल, ०.५ किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध फलफुल केरा र कांक्रो प्रदान गरिएको छ ।