प्रदेश नं. २

वडाध्यक्षको हत्यामा संलग्न दुईजना पक्राउ


काठमाडौँ – सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्याामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबीका चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल रहेका छन् ।


शुक्रबार सामान्य विवाद हुँदा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो । प्रहरीका अनुसार हिजो साँझ ठेकेदार दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्न गएका थिए । त्यही क्रममा सामान्य विवाद हुँदा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।