काठमाडौँ — वर्तमान राज्य व्यवस्था आफैले ल्याएको दावी गर्ने नेताहरु नै राम्रो भनिएको यहि व्यवस्थामै असुरक्षित महसुस गर्न थालेका छन् । बढ्दो अनसन्तुष्टिका विच उनीहरुमाथि भौतिक कारबाही कै अवस्था देखिदाँ त्यहि अराजकतातर्फ भीडको सहानुभूति बढ्दो छ । फलत ः अराजकतालाई क्यास गर्दै अघि बढ्ने बाटोमा नेतृत्वमै रहेकादेखि कथित अभियन्तासमेत देखिदाँ समाज कताँ जाँदै छ भन्ने चिन्ता सुरु भएको छ ।
संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौमै दिनदहाडै खुकुरी प्रहार भयो । सुरक्षित भनिएकै ठाउँमा अभिव्यक्ति दिएकै भरमा यादवमाथि सांघातिक आक्रमण भएको हो । आफूलाई राजाबादी अभियन्ता बताँउदै आएका श्यामबहादुर सापकोटाबारे राप्रपाले आफ्नो कार्यकर्ता नभएको प्रष्टिकरण दिएको छ । तर, सांघातिक आक्रमणमै उत्रने व्यक्तिको पक्षमा देखिएको लहरलाई भने सामान्य रुपमा लिन सकिँदैन । यसले समाज कता जाँदै छ ? भन्ने प्रश्न नै उब्जाएको छ । हुन पनि यादवले जस्तो खुकुरीकै प्रहार नभेटेपनि जुत्ता देखि वोतलको भौतिक प्रहार भेट्ने नेताहरुको लामो सूचि नै छ । जसमा वर्तमान प्रधानमन्त्री नै पनि पदम कुवरको आक्रमणमा परेको उदाहरण छ ।
पुराना दल र नेताप्रति जनआक्रोश बढ्दो छ । केहि दिन अघि प्रहरीले गाडि चेकजाँच गरेकै भरमा काठमाडौ महानगरपालिकाका मेयर वालेन्द्र शाहले नै सिंहदवारमा आगो लगाउने धम्की दिए । सरकारलाई चोरसम्म भन्न भ्याएका उनको यो अभिव्यक्ति पनि समाजिक सन्जालमा चर्चाकै केन्द्रमा रह्यो । साच्चै भन्ने हो भने हिंसालाई प्रश्रय दिने उनको यो अभिव्यक्ति कारबाही योग्य भएपनि उनको पक्षमै सामाजिक सन्जाल देखियो ।
जहाँ धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङका कारण धरान साम्प्रदायिक दंगाको केन्द्र बन्नबाट वाल वाल बाचेको उदाहरण समेत पुरानो हैन । जसमाथि सडकदेखि सदनमै प्रश्न उठ्दा सांसद तथा कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंमा एक्लै हिँड्न मिल्ने नमिल्नेबारे गृहमन्त्रीलाइ प्रश्न गरेका छन ।
नयाँ भनिएका दलका नेताहरु नै उत्तजेक भाषण र नेतालाई गाली गरकै भरमा जनताकोप्रिय बनेको उदाहरण रवि लामिछाने देखिदाँ केपी ओली प्रधानमन्त्री हुदाँ वालकोटमा ढुङ्गा हान्न दिएको अभिव्यक्ति विवादमा परेको थियो । यद्यपी टुडिखेलमा राखेर नाकको डाडी भाचिने गरि नेतालाई किक हान्ने अभिव्यक्ति नै उनको मानक र नेपालको विकल्पको राजनीति बन्दा यसले समाजको अवस्था समेत चित्रण गर्दै आएको छ ।
अर्कातर्फ प्रेमप्रसाद आचार्य जस्ताव्यक्ति आत्मदाह गर्न बाध्य बनेको उदाहरणले समेत निराशाको खेती गर्नेहरुलाई उर्भर भूमि दिएको राजनीतिक विश्लेषकहरु बताउँछन । संविधानविद डा. विपिन अधिकारी भने पछिल्ला समय विकसित घटनाक्रमलाई उदण्डताको संज्ञा दिदै त्यसको व्यवस्थापनमा सरकार चुकेको बताउँछन । आफै त्यसको भूमरिमा परेको कारण यस्ता विषयमा कारबाही भएको नदेखिएपछि यो सवैको सार्वजनिक उत्तरदायित्व व्यहोर्नुपर्ने उनको तर्क छ ।
हुन त व्यवस्था फेरिएपनि अवस्था नफेरिदाँ जनआक्रोश र निराशा बढ्दै गएको स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै स्वीकार्दै आएका छन । जसले प्रतिक्रान्तीकारी मौलाएको भन्दै त्यसकाविरुद्ध लडाई लड्न शुसासनको प्रत्याभूति नै एक उपाय भएको र आफू त्यसैमा लागि परेको उनको दावी छ ।
तर उनले नै देशको बागडोर सम्हाल्दा देखिएका दृश्य र उनकै अभिव्यक्तिले समेत समाज अझ दलदलमा फसिरहेको प्रष्ट छ । फलत ः अराजकता फैलाउने नै हिरो हुने र यहि अवस्था रहे श्रीलंकामा जस्तै जनताले नेता कुटेर कुदाउने भाष्य निर्माण हुदै जाँदा त्यसको मारमा समाज पर्ने पक्का छ ।


प्रतिक्रिया