Breaking

स्वास्थ्यमन्त्री मोहन बस्नेत टिचिङ किन पुग्दैनन् ? डाक्टर भन्छन्, सरकारले नै हेला गर्यो


काठमाडौँ — त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक ६÷७ सय बिरामीले सेवा लिन्छन् । यी मध्ये आधाबढीबिरामी दुरदराजबाट आउँछन् । सस्तो सौहलियतका लागि सरकारी अस्पताल धाउँने गरिव गुरुवाका लागि कागजी प्रक्रियानै शरीरमा लागेको विमार भन्दा बोझ बन्ने गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अर्थात टिचिङ अस्पताल । बिरामीहरुको भरोसाको केन्द्र बन्दै छ । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, स्वास्थ्यकर्र्मी र अन्य कर्मचारीहरुको सपना र गन्तव्य पनि यही अस्पतालको बन्ने गरेको छ ।

वर्षौको बिरासत बोकेको अस्पताल बेलाबखतमा राज्यमा देखा परेको चिकित्सा शिक्षासेवालगायतका विभिन्न विसंगति र विकृतिले पनि चर्चामा आउने गर्छ । स्वास्थ्यमा आमुल परिर्वतन गर्छौ भनेका ब्यक्ति पटक पटक स्वास्थ्यमन्त्री हुँदा पनि टिचिङले जुन तरहको सेवा प्रदान गर्नु पर्ने हो त्यसमा भने चुकेकै छ । यध्यपी अहिलेका स्वाथमन्त्री मोहनबहादुर बस्नेत अस्पताल सुधारको भगिरथ प्रयसामा छन् । पछिलो समय उनलेहरेक अस्पातलाईविपन्न असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याउन निर्देशननै दिएकाछन् । मन्त्रीको यो निर्देशनले पनि विपन्न र गरिव गुरुवाको घाउँमा केहीहद सम्म मलम लाग्ने देखिन्छ ।

वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सुरु गर्न लाएर स्याबासी पाएका बस्नेतको नजर अब टिचिङ अस्पातलतिर मोडिन पर्ने देखिन्छ । अहिले पनि टाढाटाढा बाट आएका विरामी अस्पताको ढोकामा १० बजे ओपडी खुल्ने समय कुरेर बसेका हुन्छन् ।अस्पतालमा उपचारका निम्ति आएका बिरामीहरुलेपालोकै लागि लामो समय खर्चिनुपर्ने बाध्यता अझै टरेको छैन ।सामान्य टिकट चेकजाँच र उपाचारका लागि तुलनात्मक रुपमानिजीमा भन्दा सहुलियत भएपनि उपचारका निम्ति धेरै समय पर्खनुपर्ने बाध्यता ज्यूँ काहा त्यू छ ।

दूरदराजबाट आएका बिरामीहरुको पहिलो रोजाई टिचिङ बन्ने गरेको छ । अस्पातलले दिने सेवासुविधाबाट धेरै बिरामी र बिरामीको आफन्त सन्तुष्ट हुने गरे पनि टिकटमा सस्तो देखिएपनि अन्य उपचार खर्च महङगो भएको उनिहरुको गुनासो छ । रुकुमका मकर बहादुर ओली पनि पहिलो पटक टिचिङ अस्पतालमा आइपुगेका छन् । उनको आफन्त बिरामी हुदाँ टिचिङ अस्पतालमा ल्याइएको थियो । त्यतिबेला राम्रो हुन्छ भनेर सुनेकै भरमा उनी पनि टिचिङ अस्पताल आइपुगेका रहेछन् । अस्पताल प्रति उनको सकारात्मक धारण छ ।

प्रविधिमा बामे सर्दै गरेका सरकारी अस्पतालहरुले सुधारनु र गर्नु पर्ने धेरै कामहरुछन् । सामान्यतया शौचालय देखि सरसफाईनै अस्पताका लागि ठूलो भारी परेको देखिन्छ ।
त्यसको अलवा, इमरजेन्सीमा एउटै बेडमा कोचाकोचा विरामी राखेर गरिने उपचारले पनि विरामीलाई थप आजित बनाईराखेको छ ।
सरकारले शिक्षण अस्पताललाई सौतने ब्यवहार देखाउँदा सोचे जस्तो राम्रो नभएको अस्पतालको भनाई छ । अस्पताललाई आवश्यक पर्ने जनशक्तिको अभाव छ । २०४१ सालमा जति दरबन्दी थियो । अहिले पनित्यति सिमीत जनशक्तिकै भरमा चलिरहेको छ । सरकारी नीति, प्रकृयागत ढिलाइ राजनीतिक हस्तक्षेप, आफ्नो स्वार्थ केन्द्रीत आन्दोलन र मनोवृत्ति, कमजोर नेतृत्व र सरकारको उपेक्षाका कारण शिक्षण अस्पतालले गुणात्मक विकास गर्न नसकेको धेरैको बुझाइ छ । अहिले केही गर्ने हुटहुटी बोकेका मन्त्रीले यसतर्फ पनि ध्यान दिउन् ।