Breaking

प्रदीपगिरि,जसको सम्बोधन आन्दोलनको आधार बने,आफ्नै पार्टीमावागी देखिए


काठमाडौँ — समाजवादी चिन्तकका रुपमा चिनिएका प्रदीप गिरि सदावहरण सांसदका रुपमा समेत परिचित थिए । सत्ता र पार्टीको पदमा रहन नरुचाएका उनी जनप्रनिधिसभा सदस्यको रुपमा संसदमा भने सँधै खरो रुपमा प्रस्तुत भइरहे । उनको संसदीय प्रस्तुती केवल वाणि विलास भन्दा माथि र वहसको नयाँ विषय बन्न योग्य रहन्थे । कस्तो रह्यो त गिरिको संसदीय यात्रा र उपस्थिती? ०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय प्रदीप गिरि नेपाली राजनीतिमा सदावहार सांसदका रुपमा समेत परिचित छन । गिरिले गृह जिल्ला सिरहाबाट २०५१ र २०७४ मा प्रत्यक्ष तर्फ चुनाव जितेका थिए। २०५६ माभने पराजित भएका गिरि संविधान सभानिर्वाचन २०६४ र २०७० मा समानुपातिक तर्फ सांसद बनेका थिए।

संसदमा कम बोल्ने तर, बोल्दा विगत, वर्तमान र भविष्य केलाएर देशलाई चलायमान गराउने गरी नीतिगत विषय उठाउँथे गिरि पार्टी भित्रै वागी आवाजका रुपमा चिनिएका थिए । गिरि संसदमा गयल हुने सांसद मध्येमा अग्रस्थानमै पर्छन् तर वेला र आवश्यकता अनुसार संसदमा उपस्थित रहँदा आफ्नो विषय, विवेक र वौद्धिकताले सदनको ध्यान खफूतर्फ खिच्न सफलहुन्थे । रोष्टममा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा समेत आलोचना गर्ने उनी सत्तामा रहेकाहरु माथि निरन्तर प्रश्न गरिनै रहन्थे । २०७२ माआफ्नै सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाका पालामा संविधानजारी भयो। पार्टीले ह्वीप लगाए पनि नमान्ने गिरिले त्यसबेला मत विभाजनमा भागनै लिएनन् ।

संविधासभाको अन्तिम बैठकमा बोल्न खोज्दा उनको माइक काटिएको थियो । उनको स्वतन्त्र, फकिरतथा केहिहदसम्म अराजक स्वाभाव कांग्रेसलाई पनि ग्राह्य थियो । त्यसैले त पार्टीको नीतिनियम उल्लंघन गर्दा पनि उनलाई कारबाही गर्ने त परको कुरा उनका गतिविधि छलफलका एजेण्डा समेत बन्ने गरेका थिएनन्।उनले सदनका वोलेका कुरा कोरोना कालमा एउटा आन्दोलनकै रुपमा अघि बढ्यो । ओलीका प्रसंशक र विशेष अनुराग राख्ने गिरी ओलीलाई नै कि गरिखानुस कि छोडी जानुस ‘इनफइज इनफ’हामी माथि दया गर भन्ने हद सम्म पुगेका थिए ।

हरेक पटक सदनमा वोल्दा पार्टी भन्दा माथि देखिएका उनी जनता र देशले भोगेको समस्या प्रति सरकारको ध्यानाकर्षण गराइ रहे । उनले वोलेकाविषयमा सत्तारुढ र प्रतिपक्षी वीच लामो समय सम्म बहस नै हुने गरेका थिए। प्रतिपक्षीले समेत उनको आवाजलाई दलिय भन्दा नागरिक समाजको आवाजको रुपमा वुझने गर्थे र जवाफ दिन्थे । सचारमाध्यमका अनर्वातमाकमै देखिने गिरी प्रष्ट मात्र वोल्दैन थिएउनको वाणी र तर्कका कारण उनका भाषण सुन्नेहरु मन्त्रमुग्द देखिन्थे ।कहिले गहु र धानको फरक छुट्याउन नसक्ने मन्त्री भएका कारण देश विकास नभएको बताउने उनीआफ्नै सरकार प्रतिपनि खरो उत्रिन्थे । आफ्नो जीवनकै अन्तिम पटक संसदमा बोल्दाउनले देउवाप्रति आशंका व्यक्तगर्दै जनताले जिन्दावाद भन्ने गरी कामगर्न सुझाव दिएका थिए ।उनको विचार र भनाईको ओज यति थियो कि अरुवेला चियाखान जाने सांसदहरु समेत उनको सम्बोधन सुन्न सदनमा पुग्थे गर्दथे ।

सत्ताप्रति कहिल्यै मोह नदेखाएका गिरिले कृष्णप्रसाद भट्टराईले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए । आफूलाई सत्ताको दलदलमा नपार्न आग्रहगर्ने गरेकाउनी सदा जनप्रतिनिधिका रुपमा आवाज मुखरित गरिरहे । कांग्रेस माथिंक ट्याङका रुपमा रहेर ज्ञानसत्ताका एक्ला धरोहर गिरि बौद्धिक दादागिरीमा महारथ प्राप्त नेताको रुपमालिन सकिन्छ । जोविचारले कम्युनिष्ट देखिएपनि आफ्नो वैचारिक स्वतन्त्रताको सुविधाका लागि कांगे्रसमा लागेको बताउथे गर्थे ।