Breaking

हरेक वर्ष भोटो देखाउनुको कारण के हो ?, रातो मच्छिन्द्रनाथको जात्रा


काठमाडौँ — वर्षा र सहकालका देवताको रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकियो, राष्ट्रपति भण्डारीद्धारा भोटो अवलोकन, भोटो दर्जन गरे पुन्य प्राप्ती हुने विश्वसामु नेपाल बहु सांसकृतिक मुलुकको रुपमा परिचित छ । यहाँ कयौं जात्रा, पर्व, र रिति थितिहरु छन् । काठमाडौँ त झनै मन्दीर र जात्रा पर्वहरुको शहर भनेर चिनिन्छ ।

रातोमच्छिन्द्रनाथको जात्रा अर्थात भोटो देखाएर मनाइने जात्राको बेग्लै रौनक छ । एक वर्षा र सहकालका देवताको रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन शनिवार ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाएर मनाइएको छ । उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको यो जात्रामा अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसहित राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा सर्वसाधारणका लागि भोटो देखाइएको थियो ।

नेपालमा मनाइने जात्रामध्येको सबैभन्दा लामो जात्राको रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाएसँगै समापन हुन्छ । मच्छिन्द्रनाथको जात्रा र भोटो देखाउने जात्रा फरक फरक भएपनि आजको दिनमा यो एक अर्का विना अपुरो जस्तै हुने गरेको छ । करिब १६ सय वर्षअघि सुरु भएको यो जात्रा खेतीकिसानीसँग सम्बन्धित छ ।

बहुमूल्य रत्नजडित भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं मानिसहरुका बीच देखाउने चलन छ । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले आफ्नी नागिनीको आखाको रोग निको पारे बापत भक्तपुरका किसान वैद्यलाई उपहारस्वरुप बहुमूल्य भोटो दिएका थिए । किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रामा भूतले भोटो लगाएर आएको देखेपछि दुवैले आफ्नो भनी दावी गरेका थिए ।

विवादपछि जसले भोटो आफ्नो हो भनेर प्रमाण जुटाउन सक्छ, उही उक्त बहुमूल्य भोटोको वास्तविक हकदार हुने भनेपछि मच्छिन्द्रनाथलाई चढाएको किम्वदन्ती छ । त्यही समयदेखि भोटो देखाउने परम्परा रहेको देखिन्छ । जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याइन्छ । रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ ।

ऐतिहासिक महत्वको भोटो दर्शनले जो कोही पनि पवित्र हुने विश्वास सहित भोटो जात्रामा उपस्थितिले मात्रै पनि सबै पापको नाश हुने धार्मिक जनविश्वास रहेको छ । वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाउने यो पर्व हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीहरुले आस्थाकासाथ हेरेको पाइन्छ ।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि अविच्छिन्न रुपमा मनाउँदै आएको यो पर्व एक वर्ष भने कोरोना लकडाउनका कारण्प्रभावित बन्यो । प्रहरी र स्थानीय नेवार समूदायबीच दोहोरो झडकको स्थिति पैदा भएको थियो ।