Breaking

आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य


काठमाडौँ — सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गर्नुभएको हो । उहाँले पालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने बताउनु भयो ।

त्यस्तै लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छ भने पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सरकारले स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताउनु भयो ।

उहाँले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । त्यस्तै सरकारले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गर्ने, काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवार संग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने भएको छ ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘नेपालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिनेछ । आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिनेछ । नेपालको भौगोलिक विविधता र विकटतालाई पृथक र नविन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई नेपाल भ्रमणको लागि आकर्षित गरिनेछ । दिगो विकास तथा वातावरण संरक्षणतर्फ संवेदनशील हुँदै उच्च मूल्यका हरित पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धन गरिनेछ ।

लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छु । पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छु । होटल व्यवसायलाई नेपालमा उत्पादित खाद्यान्न, माछा,मासु, तरकारी लगायतका वस्तुहरु प्रयोग गर्न उत्प्रेरित गर्नेछ । ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन कार्यलार्ई निरन्तरता दिइनेछ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छु । पर्यटकीय पूर्वाधारको क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । प्रदेश र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनतात्मक तथा साहसी पर्यटनको लागि हिल स्टेशन विकास गर्न प्रोत्साहन गरिनेछ । स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छु ।

आरोहणका लागि खुल्ला गरेका हिमालहरुको आराहण शिविरसम्म जाने पदमार्गको स्तरोन्नती गरिनेछ । पदमार्गमा सञ्चार सुविधाको पहुँच बिस्तार गर्न बजेट व्यवस्थापन गरेको छु । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनयिोजन गरेको छु । छिमेकी मुलुक भारत र चीनबाट पर्यटक आगमन वृद्धि गर्न सीमावर्ती शहर, ठूला र शैक्षिक शहरहरुमा पर्यटन मेला तथा रोड शोजस्ता विशेष कार्यक्रमहरु नेपाल पर्यटन बोर्डमार्फत सञ्चालन गरिनेछ । सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गरिनेछ । ५ सय भन्दा बढी पुराना हिमाली गुम्बाहरुको संरक्षणको लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवार संग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सहयोग गरिनेछ । प्रमुख पर्यटकीय स्थलको सडक बिस्ता गर्न बजेट व्यवस्थापन गरेको छु । पर्यटकीय गन्तव्यमा खानेपानी, इन्टरनेट, शौचालय, साइकल लेन लगायतको उपलब्ध गराउने प्रवन्ध गरेको छु । सगरमाथा जाने हालको मार्गलाई सुधार र निजी क्षेत्रमार्फत चतरा सगरमाथा द्रुतमार्ग निर्माण गरी २ घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरेर सगरमाथा अवलोकन गर्न सक्ने गरेर पूर्वाधार निर्माण गरिनेछ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।

त्रिभूवन विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरेको छु । हवाई चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइनेछ । धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिनेछ । सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाइनेछ । उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ । हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड छुट्याएको छु ।


सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएको छ । त्यस्तै त्रिभूवन विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरेको छ । हवाई चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने, धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाउने घोषणा गरेको छ । अर्थमन्त्री शर्माले उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताउँदै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बताउनु भयो ।