Breaking

पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जना कोरोना संक्रमण पुष्टि

७८ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट १८ हजार ७८७ परिक्षण गरिएकोमा ८ हजार ७७७ र ५०६ एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको कुल सख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ । आज देशभर ४ हजार २२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु भएको छ ।

देशभर ४१९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कारोना पुष्टि भएको छ । जसमध्ये भक्तपुरका ५०४, ललितपुरका ५३३ र काठमाडौँका ३ हजार १६१ जनामा कारोना देखिएको छ ।