काठमाडौं— चुनाव अघिसम्म गगन थापाको अर्कै स्वाग थियो । युवा पुस्ताको लिडर उनी नै थिए । रास्वपाभन्दा नयाँ पनि उनकै पार्टी थियो । भिजन पनि उनीसँगै थिए । मिसन पनि उनीसँगै थिए । गोल पनि थिए, पुरानैलाई नयाँ बनाउन सक्ने खोल पनि थिए ।
तर, जतिसुकै फेरिँदा पनि जनताले नपत्याएपछि सिट संख्याका आधारमा आधामा खुम्च्याइदिए । प्रतिपक्ष बनेर जनताको आवाज उठाउने म्यान्डेट दिए । तर, सबैभन्दा फेरिएका नेतालाई नै हराइदिए । बदलिएको कांग्रेस बुझाउन समय समयमा मुखरित हुने कांग्रेस अहिले दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । रास्वपाले भीमकाय बहुमतको सरकार बनाइसक्दा कांग्रेसको घरझगडा अझै सकिएको छैन । संसदको चालु अधिवेशन सकियो तर, कांग्रेसले संसदीय दलको नेता छान्न सकेन । अदालतसम्म पुगेको विवाद नटुंगिँदा आन्तरिक कलह झनै बढेको छ । दुईजना नेता पक्राउ परे, पूर्वसभापति शेरबहादुर देउवासहित दुई नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, कांग्रेस बोल्न सकेको छैन । पार्टी नै बोल्न नसक्दा अरु नेता पनि अक्क न बक्क बनेका छन् ।
देश


प्रतिक्रिया