काठमाडौं— नयाँ जोश र जाँगर अनि आधिकांस सांसददेखि प्रधानमन्त्रीसम्म नयाँ अनुहार । फागुन २१ बट तजा जनादेश लिएर आएको संसद केही यस्तै बनोटको बन्यो । पहिलो अधिवेशन ८ दिनमा सकिँदा सभामुख रउपसभामुखको चयनदेखि संसदीय समिति गठन गर्नेसम्मका महत्वपूर्ण कामहरु भएका छन् । तर, राजनीतिक चरित्रका सवालमा संसदमा धेरै परिवर्तन भएको देख्न पाइएन । बरु केही कच्चा र गैर संसदीयजस्ता गतिविधि पनि देख्न पाइयो ।
नम्बर १ रास्वपा सांसद बने ट्रोल
अघिल्ला सदनहरुमा पुराना दलका सांसदहरु शैली र अभिव्यक्तिका कारण सञ्जालमा व्यापक ट्रोल बन्थे । अहिले नयाँ भनेर उदाएका रास्वपाका सांसदहरुपनि आफ्नै शैली र अभिव्यक्तिले ट्रोल बनिरहेका छन् । जहाँ सदन चलिरहेकै बेला रास्वपा सांसद नीसा डाँगीले गरको असामान्य हाउहाउले अहिले व्यापक चर्चा पाइरहेको छ । संसदीय मर्यादा र अनुशासनको खिल्ली उडाउँदै क्यामेरा अगाडी गरेको भावभङ्गीलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।
देश


प्रतिक्रिया