देश

ढुंगो बोल्ला बोल्दैनन् बालेन, सेनाकोमा कुदेर गए, सदनलाई इग्नोर, एमालेले उठायो प्रश्न (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले केही परम्परा तोड्ने क्रममा धेरैको नजरमा परेको छ संसदमा उनको सम्बोधन । बिगतमा अधिवेशनको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुले सम्बोधन गर्ने परम्परा थियो । तर, यसपटक पूर्वप्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल प्रचण्ड मात्र रहेको संसदमा न उनले बोले न हालका प्रधानमन्त्री शाहले । हुन त शाहले काठमाडौंको मेयर बनेयता नै अक्सर कम बोल्ने शैली अपनाएका थिए । तर, ९ दिन चलेको प्रतिनिधिसभाको बैठकमा उनको सम्बोधन सुन्न पाएइन । सार्वभौम संसदमा प्रधानमन्त्रीको सम्बोधन फगत भाषण मात्र होइन । सरकारको प्राथमिकता स्पष्ट पार्ने तथा जनताप्रति जवाफदेहिता हो । तर, प्रधानमन्त्री शाहले यो सबै लत्याइदिए । विपक्षी दलहरुले उनको शैलीमा प्रश्न उठाएका छन् ।