काठमाडौं— देशले आर्थिक पछौटेपन र असमानताको गम्भीर चुनौती सामना गरिरहेका बेला, बालेन सरकारले आगामी ५ वर्षमा सबैभन्दा पहिला देशको अर्थतन्त्र मजबुत बनाउनुपर्नेछ । यदि देशको अर्थतन्त्र नै सुदृढ बनाउन नसकिए एउटा सरकार मात्र असफल हुने छैन, सिङ्गो राष्ट्र नै असफल बन्ने जोखिम रहन्छ । यही संवेदनशीलतालाई केन्द्रमा राखेरै प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्र सुधार्ने जिम्मा डा. स्वर्णिम वाग्ले, डा. विश्वराज पौडेल र डा. गुणाकर भट्ट जस्ता अर्थतन्त्रका हस्तीहरूलाई दिएका छन् । देशको ढुकुटीको साँचो अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको हातमा सुम्पिएका शाहले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेका छन् भने डा. विश्वराज पौडेल राष्ट्र बैंकको गभर्नरका रूपमा अर्थतन्त्रको नियामक निकाय सम्हालिरहेका छन् । यी तीनै जनाको क्षमता, विज्ञता र अनुभवलाई हेर्ने हो भने नेपाली अर्थतन्त्र विकासको नयाँ मोडबाट अघि बढ्ने देखिन्छ । यदि यी तीनै जनाको ‘केमिस्ट्री’ले सही दिशा समातेमा देशको पूर्वाधार निर्माणदेखि आयात–निर्यात हुँदै जनताको गाँस, बास र कपाससम्ममा ठूलो परिवर्तन आउन सक्छ ।
अर्थनीति


प्रतिक्रिया