काठमाडौं— गिरफ्तारीको हल्ला चले सरकार नै ढाल्न सक्ने अद्भूत क्षमता राख्न सक्ने डा. आरजु राणाविरुद्ध पनि अन्ततः पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको सरकारले राणा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ गर्न अनुमति दिएको हो । योसँगै कसैले हल्लाउन नसकेको देउवा परिवारको तीन दशक लामो कुशासनको चक्र तोड्ने प्रयत्न बालेन नेतृत्वको सरकारले गरेको छ । जेनजी आन्दोलनका क्रममा घरमा पैसा जलेका भिडियो फुटेज सार्वजनिक भएका थिए । जसलाई कांग्रेसका नेता र स्वयं देउवाले भने एआई भिडियो भएको दाबी गर्दै आएका थिए ।
त्यही एआईले जलाएको भनिएको रकमकै अनुसन्धानका क्रममा अस्वाभाविक सम्पत्ति आर्जन गरेको भेटिएपछि पक्राउ पुर्जी जारी गरिएको हो । देउवा दम्पत्तिले लुकाएको सम्पत्तिको सूचना संकलनका क्रममा केही अचल सम्पत्ति पनि भेटिएको छ । पत्रकार किशोर श्रेष्ठले त भदौ २५ गते उनीहरुको घरबाट एक बाक्सा सेनाले नियन्त्रणमा लिएको समेत दाबी गरेका थिए ।


प्रतिक्रिया