बिजनेस

नयाँ वर्ष २०८३ मा व्यवसायका लागि ठूलो अवसर: आकश टेलको आधिकारिक WhatsApp Business Platform विशेष छुटसहित सार्वजनिक


काठमाडौं — नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपाली व्यवसायहरूका लागि ग्राहकसँगको संचारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले AakashTel ले आफ्नो Meta Authorized WhatsApp Business Platform मा विशेष अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, पहिले रु 4500 पर्ने सेवा अब सीमित समयका लागि मात्र रु 1800 मा उपलब्ध हुनेछ। कम्पनीले यो पहललाई व्यवसायहरूलाई आधुनिक डिजिटल प्रणालीतर्फ रूपान्तरण गराउने एक महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ।

किन आवश्यक छ यस्तो प्लेटफर्म?
आजको ग्राहकले फोन कल वा इमेलभन्दा छिटो र सजिलो माध्यम खोजिरहेको हुन्छ, र WhatsApp जस्तो प्लेटफर्म त्यसका लागि सबैभन्दा सहज विकल्प बनिसकेको छ। तर, साधारण WhatsApp प्रयोगले मात्र व्यवसायिक आवश्यकताहरू पूरा गर्न सक्दैन। यही gap लाई पूरा गर्न WhatsApp Business Platform जस्तो solution आवश्यक हुन्छ, जसले communication लाई व्यवस्थित, scalable र professional बनाउँछ।

के–के सुविधा उपलब्ध छन्?
यस प्लेटफर्ममा समावेश गरिएका प्रमुख सुविधाहरू यस प्रकार छन्: Multi Agent Support, Multiple Channel Connection, Smart AI Assistant, Custom Chat flow, Interactive Messages and Catalogue, WABA API Integration, Bulk Broadcasting, Audience Management.

व्यवसायले के फाइदा लिन सक्छ?
यस प्लेटफर्मको प्रयोगले व्यवसायहरूको दैनिक customer handling approach मा स्पष्ट परिवर्तन ल्याउँछ।एउटै नम्बरमा आएका सन्देशहरूलाई टिमका सबै सदस्यहरूले सम्हाल्न सक्ने भएकाले कामको गति बढ्छ र ग्राहकलाई प्रतीक्षा गर्नुपर्दैन। साथै, विभिन्न WhatsApp नम्बरहरूलाई एउटै dashboard मा राखेर सञ्चालन गर्दा सम्पूर्ण संचार प्रक्रियामा स्पष्टता र नियन्त्रण बढ्छ।
AI आधारित प्रणालीले सामान्य प्रश्नहरूको तुरुन्त समाधान दिन्छ, जसले गर्दा ग्राहकले कुनै पनि समयमा सेवा पाउन सक्छन्। जटिल अवस्थामा भने conversation सहज रूपमा सम्बन्धित कर्मचारीसम्म पुग्ने व्यवस्था हुन्छ, जसले सेवा निरन्तरता सुनिश्चित गर्छ। त्यस्तै, structured chatflow र interactive messaging जस्ता सुविधाहरूले ग्राहकलाई आवश्यक जानकारी खोज्न सजिलो बनाउँछन्। Chat भित्रै product catalogue, links, र action buttons प्रयोग गर्दा ग्राहकको निर्णय प्रक्रिया छिटो हुन्छ, जसले बिक्रीमा समेत सकारात्मक प्रभाव पार्छ।
यसका अतिरिक्त, API integration को माध्यमबाट WhatsApp लाई अन्य software प्रणालीहरूसँग जोड्दा सम्पूर्ण data र communication एकै ठाउँमा व्यवस्थापन गर्न सकिन्छ। ठूलो संख्यामा ग्राहकहरूसम्म सूचना वा offers पुर्‍याउन bulk messaging उपयोगी सावित हुन्छ भने audience segmentation ले targeted communication लाई अझ प्रभावकारी बनाउँछ।

Rajan Koirala, AakashTech का Vice President ले भने, “डिजिटल माध्यममार्फत ग्राहकसँग जोडिन सक्ने क्षमता आजका व्यवसायहरूको आधारभूत आवश्यकता बनिसकेको छ। हामीले ल्याएको यो प्लेटफर्मले communication लाई मात्र सहज बनाउँदैन, यसले सम्पूर्ण customer experience लाई नै स्तरउन्नति गर्छ। नयाँ वर्षको अवसरमा यसलाई अझ धेरै व्यवसायसम्म पुर्‍याउने उद्देश्यले विशेष मूल्यमा उपलब्ध गराइएको हो।”

यो विशेष अफर १५ बैशाखसम्म मात्र मान्य रहने कम्पनीले स्पष्ट पारेको छ। समग्रमा, AakashTel को यो पहलले नेपाली व्यवसायहरूलाई डिजिटल रूपान्तरणको यात्रामा थप गति दिने अपेक्षा गरिएको छ, जहाँ ग्राहक सेवा केवल आवश्यकता मात्र नभई प्रतिस्पर्धात्मक शक्ति बन्नेछ। https://aakashtel.com/