देश

बालेनका १० बोल्ड निर्णय, नतिजा नदिए ३ महिनामै मन्त्री हटाउने, भ्रष्टाचार हट्ने, ढिलासुस्ती बन्द (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १० दिन मात्रै पुग्दा विभिन्न १० निर्णयहरूले मुलुकको राजनीति, प्रशासन र जनस्तरमा आशाको नयाँ किरण छरेको छ । योसँगै बालेन सरकारले लिएको गतिले अब मुलुकमा विधिको शासन र सुशासनको युग सुरु भएको संकेत गरेको छ । जस अनुसार सरकारले गरेका १० महत्वपूर्ण निर्णयहरुलाई हेरौँ ।
नम्बर १ः कार्की आयोगको प्रतिवेदन कार्यान्वयन
बालेन सरकार गठनको पहिलो दिन बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने साहसिक निर्णय ग¥यो । सोही निर्णयको जगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन ऊर्जामन्त्री दीपक खड्का पक्राउ परे । कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा आएसँगै नेपाली राजनीतिदेखि जनस्तरसम्म ठुलै तरङ्ग पैदा भएको छ । यसले ‘कानुनभन्दा माथि कोही छैन’ भन्ने सन्देश समेत प्रवाह गरेको छ ।