काठमाडौं— चुनावी मैदानको ‘हट सिट’ मा नाम चलेका ठूला नेताहरूलाई परास्त गरेपछि सस्मित पोखरेलको नाम एकाएक चर्चामा आयो । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेल र राप्रपाका पूर्व अध्यक्ष कमल थापाजस्ता नेताहरूलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका पोखरेल अहिले शिक्षा तथा खेलकुद मन्त्रीसहित सरकारका प्रवक्ता समेत हुन् । पोखरेलले काठमाडौँ महानगरको शिक्षा शाखामा रहेर काम गर्दा तीन वर्षमा धेरै शिक्षा सुधारका कामहरू गरेका थिए । यही कारण पनि उनीसँग नागरिक अपेक्षा धेरै छन् । काठमाडौँ महानगरमा हुँदा उनले धेरै सरकारी विद्यालयहरू सुधारेका थिए भने निजी क्षेत्रका विद्यालयहरूलाई पनि नियमन गर्दै सुधारको बाटोमा हिँडाएका थिए । त्यही रफ्तार अब उनले देशकै शिक्षा सुधारको लागि अगाडि बढाउनुपर्नेछ ।
देश



प्रतिक्रिया