देश

फेरि जीबी राईकै चर्चा, सुधनले पक्रिए रविलाई क्लीन चिट, पुकारको हलचल, जीबीकै कर्मचारी मन्त्री (भिडियोसहित)


काठमाडौं— सहकारी ठगीका मुख्य नाइके अर्थात् रास्वपा सभापति रवि लामिछानेका पूर्वसाझेदार गितेन्द्रबाबु राई उर्फ ‘जीबी राई’ बारे फैलिएको सनसनीपूर्ण अभिव्यक्तिले सार्वजनिक वृत्तमा हलचल मच्चाएको छ । रास्वपाकै एक नवनिर्वाचित सांसदले एक अन्तर्वार्ताका क्रममा ‘यदि जीबी राई जीवित भए रास्वपा सरकारले फिर्ता ल्याउँछ’ भन्दै दिएको अभिव्यक्तिले चौतर्फी चर्चा पाइरहेको हो । झन्डै एक दर्जन सहकारीबाट बचतकर्ताको २१ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेर फरार रहेका राईको अवस्थालाई लिएर विभिन्न शंका–उपशंकाहरू उब्जिएका छन् । के साँच्चिकै जीबी राई जीवित नभएको प्रमाण रास्वपा नेताहरूलाई प्राप्त भएको हो ? वा जिम्मेवारीबाट बच्न ‘जीवित नभएको’ भाष्य निर्माण गर्न खोजिएको हो ? यतिबेला विभिन्न गम्भीर प्रश्नहरू तेर्सिएका छन् ।