अन्तर्राष्ट्रिय

नासाको नयाँ मिसन, चन्द्रमा घुम्दै चार वैज्ञानिक, मंगल ग्रहमा जाने रणनीतिक यात्रा (भिडियोसहित)


काठमाडौं— मानव इतिहासमा अमेरिकी अन्तरिक्ष संस्था नासाले फेरी एक पटक मानिसलाई चन्द्रमा तर्फ पठाएको छ । आर्टेमिस २ मिसन अन्र्तगत ५४ वर्षपछि चार जना अन्तरिक्ष यात्रीहरूलाई एसएलएस रकेटमार्फत १० दिने चन्द्रमा परिक्रमाको यात्रामा पठाएको हो । सन् १९७२ मा अमेरिकाको एपोलो–२ मिसन अन्र्तगत मानिसहरूले पहिलो पटक चन्द्रमाको सतहमा पाइला राखेका थिए । त्यसको ५४ वर्षपछि नासाले अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण नगराएर पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटर टाढासम्म पुगेर परिक्रमा गरेर फर्किने मिसन प्रक्षेपण गरेको हो । अमेरिकाको फ्लोरिडास्थित केप कनाभ्रलस्थित रहेको केनडी स्पेस सेन्टरबाट अप्रिल १ मा आर्टेमिस २ प्रक्षपण गरेको थियो ।