अर्थनीति

ओलीका बिचौलिया भट्ट थुन्दै बालेन, सेयरका माफिया खड्का पक्राउ पर्दा बजारमा हलचल, कालोधनको खेती (भिडियोसहित)


काठमाडौं— नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयको बागडोर सम्हाल्न अर्थशास्त्री अर्थात् अर्थतन्त्रका धुरन्धर विज्ञ डा. स्वर्णिम वाग्ले आएका छन् । सामान्यतया नयाँ सरकार आउँदा सेयर बजारमा हरियाली छाउने गर्छ । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि भएका अर्थविज्ञ वाग्ले अर्थमन्त्रालयमा आउने बित्तिकै सेयर बजारमा नसोचेको पहिरो गयो । जसका कारण आम लगानीकर्ता आश्चर्यमा परे । सरकार गठनको भोलिपल्टदेखि नै लगातार दुई दिनसम्म सेयर बजारमा उच्च गिरावट देखिए पनि तेस्रो दिन मंगलबार भने केही सकारात्मक संकेत देखा परेको छ । नयाँ सरकार आउँदा सेयर बजारमा उत्साह देखिनुको सट्टा नकारात्मक प्रभाव पर्नुका पछाडि थुप्रै कारणहरु छन् ।