देश

बालेनको बज्र शीर्ष नेतामाथि, छुट्न खोजे मुद्दा थप्ने, ओली फसे, प्रचण्ड तानिँदै, देउवा–आरजुको के हुन्छ ?


काठमाडौं— बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै सुशासन र कानुनी शासनको प्रत्याभूति दिलाउन ‘एग्रेसिभ’ कदम चालेको छ । सरकार गठन लगत्तै एक्सनमा उत्रिएको बालेन सरकारले ४ दिनभित्र एकपछि अर्को गर्दै ५ जना हाइप्रोफाइल नेताहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एक बहालवाला र एक पूर्वसांसद तथा नेपाली कांग्रेसका दुई पूर्वमन्त्री रहेका छन् । फिल्मी शैलीमा भइरहेको यो गिरफ्तारीलाई लिएर जनस्तरमा उत्साह देखिए पनि राजनीतिक वृत्तमा भने प्रतिशोध र पूर्वाग्रहको आरोप लाग्न थालेको छ । विशेषगरी नेकपा एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ । यस्तो अवस्थामा पक्राउ परेका नेताहरूमाथि कस्ता मुद्दा चल्छन् र आगामी कानुनी प्रक्रिया के हुन्छन् भन्ने विषयमा आम चासो बढेको छ । पक्राउ परेका ५ नेता र उनीहरूमाथिको अभियोग ः