काठमाडौं— जसरी अपत्यारिलो ढङ्गबाट सुधन गुरुङ गृहमन्त्री बने, त्यसरी नै पदभार ग्रहण गरेपछि उनले अपत्यारिलो ढङ्गबाटै काम गरिरहेका छन् । गृहमन्त्री बनेको ४८ घण्टाभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जामन्त्री दीपक खड्का र पूर्व सांसद कर्ण मल्ल प्रहरी खोरमा पुगे । पक्राउ गर्न एक्सन लिने मन्त्री एउटै भए पनि पक्राउ पर्नेहरू भने फरक–फरक प्रकरणमा मुछिएका छन् । ओली र लेखक कार्की आयोगको सिफारिस अनुसार ‘जेनजी’ हत्या अभियोगमा पक्राउ परेका हुन् भने दीपक खड्का जेनजी आन्दोलनका बेला उनको घरमा जलेको र उडेको पैसाको हिसाब–किताबका लागि सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका हुन् । यता एमाले नेता कर्ण मल्ल भने बलात्कार अभियोगमा पक्राउ परेका हुन् । गृह मन्त्रालयमा अप्रत्याशित रूपमा प्रवेश गरेका सुधन गुरुङले यसरी ठूला नेताहरूलाई पक्राउ गर्ने आँट गर्छन् भन्ने धेरैले सोचेका थिएनन् । तर असम्भव जस्तो लाग्ने कुरालाई सम्भव बनाएका सुधन गुरुङले अहिले चर्चा र वाहवाही पाइरहेका छन् । विगतमा ‘केपी ओलीलाई पक्राउ गरेर देखाऊ’ भन्ने महेश बस्नेतहरू नै अहिले रक्षात्मक बनेका छन् ।
देश


प्रतिक्रिया