काठमाडौं— अघिल्लो सदनबाट लखेटिएर कारागारको चौघेरामा थुनिन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सत्ताको ‘किङ मेकर’ बन्दै झन्डै दुई–तिहाइ बहुमतको शक्ति लिएर फेरि संसद् भवन प्रवेश गरेका छन् । यो दृश्य हेर्न लायक र निकै रोचक थियो । संसद्कै छानबिन समितिको प्रतिवेदनका आधारमा कारागारको यात्रा गरेका लामिछाने यति शक्तिशाली कम्पन लिएर पुनः सदन फर्किन्छन् भन्ने सायद कसैले सोचेको थिएन । तर, उनलाई प्रतिशोध साँधेर कारागार पु¥याउनेहरूलाई नै यसपटक उनले संसदमा खुम्च्याएर औँलामा गन्न सकिने अवस्थामा पु¥याइदिएका छन् । वर्षौँदेखि ‘फस्र्ट बेन्चर’ बनेर सत्ता हाँक्नेहरूलाई लामिछानेले ‘लास्ट बेन्च’ मा पु¥याएका छन् । १८२ सांसदको नेतृत्व गर्दै सदन प्रवेश गर्दा उनी राजनीतिक संस्कारले भरिएको एउटा परिपक्व नेताका रूपमा देखिएका छन् ।
देश


प्रतिक्रिया