Uncategorized

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न


काठमाण्डौ – लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशन विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित हुनुभएको छ ।

चौथो महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा तेजनारायण पराजुली र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा मन कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्क गभर्नर एकनारायण शर्मा, गंगा देवि ढकाल, आईडी इन्डोर्स एण्ड एलसीआईएफ संयोजक राजन लम्साल, जीएटी क्षेत्रीय संयोजक शम्भु प्रसाद घिमिर, जीएमटी संयोजक मनि श्री रत्न बजाचार्य, पास्ट डिष्ट्रिक्क गभर्नर भीडीजीहरु, डिष्ट्रिक्क पदाधिकारी, क्लब अध्यक्ष, क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भको सुदृढ व्यवस्थापनले कार्यक्रमलाई ऐतिहासिक तथा अविस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। होस्ट क्लबले महाधिवेशनमा दर्ता भएका सदस्यहरूका लागि आयोजना गरेको ३० भन्दा बढी लक्की ड्र पुरस्कारले सहभागीहरूको उत्साह झन् बढाएको थियो, जसका कारण कार्यक्रमस्थल खचाखच भरिएको थियो।

महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ सुदृढ बनाउँदै नयाँ उचाइ तय गरेको डिष्ट्रिक्ट गभर्नर भुसालको भनाइ छ। उनले कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण लायन्स लिडर, सदस्यहरू तथा होस्ट क्लब लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भ प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। साथै, महाधिवेशनले सिर्जना गरेको ऊर्जा, एकता र प्रतिबद्धताका साथ आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।