काठमाडौं— सत्तामा पुगेपछि त्यस्तो कुुन मोहोनी लाग्छ, त्यो सत्तामा पुगेपछि मात्र थाहा हुन्छ । यसको थप चरितार्थ र पुष्ट्याइँ गरेको छ, नागरिक सरकार भनिएको अन्तरिम सरकारले । जहाँ सहभागी भएका प्रधानमन्त्री र सबैजसो मन्त्री सत्ताको रसपान गर्न नपाउँदासम्म सबैभन्दा आदर्शवान् थिए । भदौ २३ र २४ गते जे प्रवृत्तिका विरुद्धमा जेनजी युवाहरुले सडक संघर्ष गरे । दर्जनौँ युवा शहीद भए । त्यही प्रवृत्ति विद्रोहबाट बनेको सरकारमा पनि देखियो । राजनीतिमा सक्रिय हुन्न भन्दै चुनाव गराउने जिम्मा लिएका मन्त्रीहरुलाई नै के लेभ÷लालचा जाग्यो जसका कारण उनीहरु जिम्मेवारी र वचन छोडेर निर्वाचनमा होमिए । यतिसम्म कि जिन्दगीभर चुनाव लड्दिन कसैले टप्प उठाएर मन्त्री बनाए मात्र मन्त्री र प्रधानमन्त्री बन्छु भनेका महावीर पुनलाई पनि चुनावले नै मोहनी लगाइदियो ।
देश


प्रतिक्रिया