देश

कांग्रेस–एमाले छोडे, जित्न रास्वपा रोजे, रवि बालेनले मन्त्री पत्याउलान्, के होला हैसियत ? (भिडियोसहित)


काठमाडौं— नयाँ पार्टी भनेर संसदमा दुई तिहाई जनमत ल्याएको रास्वपामा कति जना नयाँ सांसद होलान् ? कि पुरा र दागी नेता पनि नयाँ बनेर आएका छन् । प्रतिनिभिसभा निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका १२५ सांसदमध्ये ४२ जना विभिन्न पुराना दल छाडेर रास्वपाबाट दाउ छोपेका छन् । समानुपातिकमा पनि त्यस्ता केही नेताले मौका पाएका छन् । यीमध्ये सबै भन्दा बढी कांग्रेस त्यागेर रास्वपाबाट चुनाव जित्नेहरू २० जना छन् । सप्तरी ४ बाट सीताराम साह, बारा–१ बाट गणेश धिमाल, पर्सा–३, बाट रामाकान्त चौरसिया रौतहट–१, राजेशकुमार चौधरी, रौतहट–४, मा गणेश पौडेल, तनहुँ–२, श्रीराम न्यौपाने नवलपरासी–१ बाट विक्रम खनाल विजयी भए । खनाल लाई २०७९ को निर्वाचनमा कांग्रेसलाई असयोग गरेको भन्दै खर्बपति विनोध चौधरीले कारवाही गरेका थिए । तर अहिले तिनै खनालले बिनोद चौधरीलाई ५ गुणा बढी मतले हराउदै जित हाँसिल गरे । त्यस्तै पाल्पा–२, मा माधव थापा ले चूनाव जिते दाङ–१ बाट देवराज पाठक, काठमाडौं–१० बाट प्रदीप विष्ट कांगैस त्यागेर रास्वपाबाट चुनाव जितेका छन् । यस्तै पर्वत–१ बाट सागर भुसाल बाग्लुङ–१ मा सुशील खड्का कास्की–२ बाट उत्तमप्रसाद पौडेल, स्याङ्जा–१ बाट धनञ्जय रेग्मी, नवलपरासी–२ बाट नरेन्द्र गुप्ता, सुर्खेत–२ मा रमेशकुमार सापकोटा, बैतडी–१ मा हरिमोहन भण्डारी र कपिलवस्तु–१ बाट विक्रमसिंह थापाले कांग्रेस त्यागेर रास्वपा बाट विजयी भए ।