देश

कांग्रेसका हरुवा महामन्त्री, गगनले टिका लगाउँदा पनि चुनाव हारे, ओलीको मन्त्री प्रदीपलाई अझै भारी (भिडियोसहित)


काठमाडौं— हिजो शेरबहादुर देउवासँग विद्रोह गर्दा पनि एक्लै थिए, अहिले हारको जिम्मा लिँदा पनि एक्लै भएका छन् गगन थापा । तर, उनलै पछि लागेर तर मार्नेहरुले न कुनै जिम्मा लिनुपरेको छ, न आलोचित हुनुपरेको छ । सफल हुँदा सबैभन्दा अगाडी देखिने र आलोचनाको समयमा अनुहार लुकाउने प्रवृत्ति फेरिएको भनिएको कांग्रेसका पदाधिकारीमा समेत देखिएको छ । यो प्रवृत्तिलाई भर्खरै सम्पन्न निर्वाचनको समीक्षाका क्रममा समेत देखियो ।
सभापति थापा सर्लाही–४ मा आफैँ पराजित र पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पु¥याउँदा नैतिकताको आधारमा बुधबार राजीनामा दिए । केन्द्रीय कार्यसमितिमा उपसभापति विश्वप्रकाश शर्माले नै राजीनामा अस्वकृत गर्ने प्रस्ताव राखे । जबकी गगनले देखाएको नैतिकताको बाधक एक हदसम्म विश्व पनि बनिरहेका छन् । किनकी गगनको राजीनामा स्वीकृत गर्ने जिम्मेवारीमै विश्व थियो । प्रस्ताव अस्वीकृत हुने भएसँगै कांग्रेसको संकटकाल अझै लम्बिने संकेत देखिएको छ ।