देश

रास्वपा ः सभामुख–कानुनमन्त्रीको भागबन्डा, रेडजोनमा इन्दिरा, सुलभ र जगदीश लाइनमा, कानुन ताक्दै यज्ञमणि (भिडियोसहित)


काठमाडौं— नवनिर्वाचित सांसदले चैत १२ गते शपथ लिएसँगै १३ गते बालेन्द्र शाह शक्तिशाली प्रधानमन्त्री बन्दैछन् । कुनै समस्य नआए अबको पाँच वर्ष उनले नै देशको नेतृत्व गर्नेछन् । बालेन प्रधानमन्त्री बनेलगत्तै सुरु हुनेछ, संवैधानिक पद र विभिन्न नियुक्तिको भागबन्डा । सभामुख, कानुनमन्त्री र प्रमुख सचेतकलाई एउटै प्याकेजमा राखेर भागबण्ड मिलाउने तयारीमा पार्टी देखिन्छ । नीति निर्माणको मुख्य थलो संसद्मा महत्वपूर्ण भूमिका हुने सभाभुख, कानुन निर्माणमा सहजकर्ताको नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने कानुनमन्त्री र संसद्लाई मर्यादित सञ्चालन गर्न र पार्टीलाई अनुशासनमा राख्ने रणनीतिक पद प्रमुख सचेतकमा कानुनी पृष्ठभूमिकै सांसद उम्मेदवारहरूले आ–आफ्नो दाबी पेश गरिरहेका छन् । जसमा सोविता गौतम देखि यज्ञमणि न्यौपाने, सुलभ खरेल लगायतका सांसदहरू दौडमा देखिन्छन् ।