खेलकुद

आठौं संस्करणको ‘ETT’ टेबल टेनिस प्रतियोगिता हुँदै


काठमाण्डौ – आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबलटेलिस टूर्नामेन्ट’ भोलि हुने भएको छ । ‘इन्टरटेनमेन्ट टेबलटेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि प्रतियोगिता हुन लागेको हो ।

‘टेबलटेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रवेश शुल्क २ हजार तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताउनुभयो ।

हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेश्रो हुने खलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ ।