अन्तर्राष्ट्रिय

IRAN-USA WAR : विश्व तर्साउने इरानको शक्ति, यस्ता छन् मिसाइल र हतियार, ट्रम्प तर्सिए


काठमाडौं— विश्वको मानचित्रमा मध्यपूर्व अहिले आगोको भुंग्रो बनेको छ । अमेरिका र इजरायलको गठबन्धनले इरानमाथि प्रहार गरेको ‘डेथ ब्लो’ अर्थात् विनाशकारी हमलाले इतिहासकै खतरनाक मोड लिएको छ । गत फेब्रुअरी २८ बाट सुरु भएको अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले दुई साता पार गर्दा मध्यपूर्वको रूपरेखा नै बदलिदिएको छ । सुरुवातमा नै तेहरानलाई निसाना बनाउँदा इरानले अपूरणीय क्षति ब्यहो¥यो । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित इस्लामिक रेभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का थुप्रै उच्च पदस्थ कमाण्डर र गुप्तचर अधिकारीहरू मारिनु इरानी सत्ताका लागि इतिहासकै सबैभन्दा ठूलो झट्का हो ।
यति मात्र होइन, नतान्ज र फोर्डो जस्ता अति सुरक्षित मानिएका भूमिगत परमाणु केन्द्रहरूमा गम्भीर क्षति पुगेको छ । हवाई आक्रमणबाट इरानको मिसाइल उत्पादन क्षमता ९० प्रतिशतले घटेको दाबी गरिएको छ । एकातिर बाह्य आक्रमण र अर्कोतिर चर्किएको आन्तरिक विद्रोह— इरान अहिले रक्षात्मक मात्र होइन, आफ्नो अस्तित्व जोगाउने प्रत्याक्रमणमा छ ।