देश

राजा फर्काउने जिम्मा ज्ञानेन्द्र र खुश्बुलाई, लिङ्देन र मिश्र फेल, पूर्वराजाको नाममा खसेन भोट, अब के ? (भिडियोसहित)


काठमाडौं— नेपाली राजनीतिमा रास्वपाको उदय भन्दा पहिले नै राप्रपा ठूला भनिने दल र उनीहरुक एजेण्डाको विपक्षमा थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्थाको वकालत गर्ने संस्दीय राजनीतिमा स्थापित राप्रपा गत साता सम्पन्न निर्वाचनमा भने सर्मनाक हार ब्योहर्नुप¥यो । हुन त राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि कमल थापा अर्कै पार्टीमा गएका थिए । उनलाई एक गराए तर पार्टभित्रकै एकता भने ठिकठाक थिएन । अर्कोतर्फ नयाँ दलहरुको पक्षमा देखिएको बाढी । यही कारण राप्रपा प्रत्यक्षतर्फ एक सिटमा खुम्चियो । त्यो पनि उसको एजेण्डाका कारण भन्दा बढी व्यक्तिका कारण । प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीको जितले राप्रपाले इज्जत जोगायो भन्ने टिप्प्णी गरिन्छ । जुन राजनीतिक दलहरुको विरोधमा राप्रपाले ३० वर्षदेखि आफ्नो एजेण्डा स्थापित गराउन खोज्यो ती दलहरु इतिहासकै कमजोर स्थितिमा पुग्दा समेत राप्रपाले फाइदा उठाउन सकेन । बरु ४ महिना अघि मात्र उदाएको श्रम सस्कृति पार्टीले उसलाई उछिन्ने अवस्था बन्यो । गत चैत्र १५ गते व्यवस्था परिर्वनका लागि भएको तिनकुने आन्दोलन, त्युअघि फागुन २५ गते र गत फागुन १ मा मात्र पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा उत्साहजनक सहभागिता देखिए पनि राप्रपाको पक्षमा त्यो समर्थन मतका रुपमा बदल्न सकेन । धेरै आशा गरिएका रवीन्द्र मिश्रले पनि चुनाव हारे ।