काठमाडौं— हर्मुज जलडमरुमा इरानले अवरोध गरेपछि अमेरिकाले उसका तेल निर्यात क्षेत्रमा श्रंखलाबद्ध आक्रमण गरिरहेको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख जलमार्ग ‘हर्मुज जलडमरू’ वरपर व्यापारिक पानीजहाजहरूमा शृङ्खलाबद्ध आक्रमण गरेको अमेरिकाले इरानका १६ वटा माइन (विस्फोटक पदार्थ) बिछ्याउने पानीजहाजहरू नष्ट गरिसकेको छ । यतिमात्र नभई उसले तेल निर्वात गर्ने अर्काे महत्वपूर्ण खार्ग टापु अमेरिकाले ध्वस्त बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको महत्त्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा रहेका सबै सैन्य शिविरमाथि बम आक्रमण गरेको स्वीकारेका छन् । उनले इरानले हर्मुज जलडमरुहुँदै जहाज आवागमन रोकिरहेमा उक्त टापुको तेल पूर्वाधारमा पनि आक्रमण गर्न सकिने चेतावनी दिएका छन् । अमेरिकी सेनाले खार्ग टापुमा ठूलो स्तरको आक्रमण गरेको पुष्टि भएको छ, तर ट्रम्पले दाबी गरेझैँ सबै सैन्य अखडाहरु नष्ट भए वा नभएकोबारे स्पष्ट छैन ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया