काठमाडौं— कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार मोहनप्रसाद केहीदिनदेखि अस्वस्थ थिए । उनी छोरीको घरमा बस्दै आएका थिए । शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनको पार्थिव शरीर भक्तपुर गुण्डुस्थित अध्यक्ष ओलीनिवासमा श्रद्धाञ्जलीका लागि राखिने र आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने सचिवालयले जनाएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।


प्रतिक्रिया