काठमाडौं— काठमाडौंमा अहिले खाना पकाउने ग्यास पाउनु युद्ध जितेसरह भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतबाट हुने एलपीजी ग्यासको आपूर्तिमा समस्या हुँदा त्यसको प्रत्यक्ष मार नेपालमा परेको हो । ग्यास नपाउँदा घरायसी भान्सा मात्र होइन, होटल तथा रेस्टुरेन्ट व्यवसाय नै धराशायी बन्ने अवस्थामा पुगेका छन् । उपभोक्ताले बिहानैदेखि डिलरका पसलअगाडि लाइन बस्नुपर्ने अवस्था छ । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा ग्यास लिन पुगेका उपभोक्ता घण्टौँसम्म लाइनमा उभिन बाध्य छन् । बजारमा मागअनुसार आपूर्ति नहुँदा ग्यास वितरण प्रणाली अस्तव्यस्त बनेको छ । अवस्था कतिसम्म नाजुक छ भने, वर्षौँदेखि उपभोक्तालाई ग्यास बाँड्दै आएका डिलर सञ्चालकहरू नै आफ्नै भान्साका लागि ग्यास खोज्दै लाइनमा बस्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ ।
देश


प्रतिक्रिया