काठमाडौं— देशभरबाटै एमाले–कांग्रेस पत्तासाफकै अवस्थामा पुग्दा केही नयाँ अनुहारले भने आशा देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरमा समेत बचेका उनीहरूको जितले अब केन्द्रको चर्चाले मात्र जित सीमित नहुने प्रस्ट पारेको छ । अर्थात्, विशेषगरी नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट १२ हजार मतान्तरले पराजित हुनु र महामन्त्री प्रदीप पौडेल तथा गुरुराज घिमिरेजस्ता आशलाग्दा नेताहरू पराजित हुनुले कांग्रेसभित्र ठूलो धक्का पुगेको छ । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जितेर मुलुकको पहिलो शक्ति बनेको नेपाली कांग्रेस यसपटक १८ सिटमा खुम्चिन पुग्यो । यो हार सामान्य मात्र थिएन, बरु पार्टीको नेतृत्व तहकै लागि लज्जास्पद थियो ।
तर, यही १८ सिटको नतिजाभित्र एउटा आशाको किरण लुकेको छ । विजयी १८ मध्ये १४ जना बिल्कुलै नयाँ अनुहार हुन् ।
देश


प्रतिक्रिया