काठमाडौं— यो चुनावको परिणामले सबैभन्दा बढी अप्ठ्यारो कसैलाई परेको छ भने ती हुन्– नेपाली कांग्रेसका सभापति गगन थापा । काठमाडौँ–४ बाट लगातार निर्वाचन जित्दै आएका सभापति थापा पहिलो पटक मधेश झरेर सर्लाही–४ मा उम्मेदवार बनेका थिए । संसदीय यात्रामा कहिल्यै पराजय नभोगेका थापालाई आफ्नै पूर्वसहकर्मी अमरेशकुमार सिंहले हारको स्वाद चखाएका छन्, त्यो पनि लज्जास्पद । ‘जेनजी आन्दोलन’ पछि पार्टीमा विद्रोह गरेर गगन आफू सभापति बने । उनले प्रशंसा पनि त्यति नै पाए । तर, त्यो विद्रोहको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । गगन मात्रै हारेनन्, पार्टीको पनि कन्तबिजोग भयो । अहिले उनीमाथि नैतिकताको प्रश्नसमेत उठेको छ । उनलाई राजीनामा दिनसमेत दबाब बढिरहेको छ । विशेष महाधिवेशनपछि गगनप्रति निवर्तमान सभापति शेरबहादुर देउवा समूह आक्रामक थियो । अहिलेको निर्वाचन परिणामले देउवा पक्ष झन् आक्रामक बनेको छ ।
देश


प्रतिक्रिया