काठमाडौं— काठमाडौं क्षेत्र नं १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन् । सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।
६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु दर्शना २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकि हुन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी दर्शनाले काठमाडौं १ बाट निर्वाचन जितेकि हुन् ।


प्रतिक्रिया