देश

एमाले सक्न विदेशी डिजाइन, बालेन र रवि पात्र, ओलीसहित शीर्ष पन्छाउने खेल, रोक्न एकढिक्का एमाले (भिडियोसहित)


काठमाडौं— अहिले सडकदेखि सञ्जालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले कब्जा जमाउँदा ‘जेनजी आन्दोलन’ पछि सत्ताच्युत भएको एमाले ओझेलमा परेको छ । जेनजी आन्दोलनपछि परिवर्तनको नारा बोकेको रास्वपामा देखिएको उभार र गगन थापा नेतृत्वको बदलिएको कांग्रेसको जनसमर्थनले सार्वजनिक वृत्तमा एमालेलाई छायामा पारेको छ । जेनजी आन्दोलनपछि नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको प्रहार र बदलिएको भूराजनीतिक परिवेशले आगामी निर्वाचन एमालेका लागि चुनौतीपूर्ण बनाएको छ । जहाँ कांग्रेस–रास्वपा लगायतका दलहरू चुनावी सभा र शक्ति प्रदर्शनमा व्यस्त रहँदा एमाले भने आफ्ना निर्वाचन क्षेत्रहरूमा नै सीमित बनेको छ । निर्वाचनको चुनौती महसुस गरेरै होला, विगतमा आफ्नो निर्वाचन क्षेत्रमा थोरै समय बिताएर देश दौडाहा गर्ने ओली नै अहिले झापा–५ बाट बाहिर निस्कन सकेका छैनन् । जसले सिंगो एमालेको चुनावी रणनीति कोठे बैठक, घरदैलो र मतदातासँग प्रत्यक्ष अन्तरक्रियामा सीमित बनेको छ ।