अन्तर्राष्ट्रिय

ट्रम्पले खामेनी मारेपछि सन्नाटामा इरान, विश्वभर हलचल, शिया मुस्लिमले अमेरिकाविरुद्ध मिसन छेड्दै (भिडियोसहित)


काठमाडौं— अमेरिका र इजरायलको आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि मध्यपूर्वको अवस्था भयानक मोडमा पुगेको छ । खामेनीसँगै परिवारका सदस्यसहित ४० इरानी उच्च अधिकारीहरूको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्ने शासकहरूमध्येका एक, ८६ वर्षीय नेता खामेनीको मृत्युलाई इरानी सरकारी टेलिभिजनले पुष्टि गरेको हो । सरकारी टेलिभिजनका एक प्रस्तोताले आफ्ना नेता मारिएको समाचार पुष्टि गर्दै गर्दा आँसु थाम्न सकेका थिएनन् ।