खेलकुद

अष्ट्रेलियामा एभरेस्ट मार्शल आट्र्स एकेडेमीले पायो तीन पदक, खेलाडीसंगै प्रशिक्षक महर्जनको प्रशंसा


काठमाडौं— एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित ‘एनएसडब्लु’ ( न्यू साउथ वेल्स ) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदक हात पारेको छ । एकेडेमीले आफ्नो पहिलो सहभागितामै तीनवटा पदक हात पार्दै ऐतिहासकि सफलता हासिल गरेको हो ।

एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान  (३०–४०) वर्ष समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले अर्को स्वर्ण पदक थप्न सफल भईन् । यस्तै एकेडेमीका खेलाडी आयत महर्जनले ८–९ वर्षको जुनियर विधामा कडा प्रतिस्पर्धाकाबीच रजत पदक सुरक्षित गरे ।

यो ऐतिहासिक उपलब्धिको लागि एकेडेमीले आफ्ना खेलाडी र प्रशिक्षकहरूको कडा परिश्रम,मेहनत र अनुशासनको प्रशंसा गरेको छ। एकेडेमिले मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनको कडा मेहनत र अथक परिक्षमका कारण यो उपलब्धी हासिल भएको भन्दै उनको समेत प्रशंसा समेत गरेको छ ।

एनएसडब्लुमा एभरेस्ट एकेडेमीले छोटै समयमा राम्रो प्रगति गरेका कारण एकेडेमीको कद उच्च हुँदै गएको र यो एउटा गौरवशाली यात्राको सुरुवात भएको एकेडेमीको भनाइ छ। यो सफलताले नेपाली मार्शल आट्र्सले अन्तराष्ट्रिय स्तरमा अझ बढि उपलब्धि हासिल गर्ने संकेत दिएको छ।