काठमाडौं— १३ जिल्लामा ३३ निर्वाचन क्षेत्र रहेको बागमती प्रदेश सर्वाधिक मतदाता रहेको क्षेत्र पनि हो । ३३ सिटका लागि यहाँ ६ सय २३ पुरूष उम्मेदवार र एकसय आठ महिला उम्मेदवार गरी सात सय ३१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसकारण पनि यो प्रदेश सबै दलहरुको दलहरुको नजरमा परेको छ । चुनावी तापक्रम ह्वात्तै बढ्दा कसको पल्लाभारी होला भन्ने जिज्ञासा पनि उत्तिकै छ ३६ लाख ८२ हजार ३ सय १० मतदाता रहेको यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । मुख्य दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल बागमती प्रदेशकै हट सिटमा छन् । उनिहरु यही प्रदेशको चितवनको भिन्नाभिन्नै क्षेत्रबाट उठेका छन् । त्यस्तै नेकपा एमालेका नेता ईश्वर पोखरेल, नेपाली कांग्रेसका प्रदीप पौडेल अनि नयाँ बनेको उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाण्डौका क्षेत्रहरूबाट उठेका छन् ।
देश


प्रतिक्रिया