काठमाडौं— अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ । खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ । इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन् । सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया