देश

रास्वपालाई काउन्टर दिने कांग्रेस सभा, बालेन–ओली नै अराजक, रविको फन्टुस भाषण, देश सम्हाल्छौँ (भिडियोसहित)


काठमाडौं— सातै प्रदेशमा शक्ति प्रदर्शन गर्ने रणनीतिका साथ मधेश झरेको कांग्रेस, अहिले रास्वपाको प्रभाव क्षेत्रमा ‘काउन्टर अट्याक’ मा उत्रिएको छ । मधेशको आमसभाले उभार ल्याएको कांग्रेस अहिले रास्वपाले सभा गरिसकेको ठाउँमा केन्द्रित भएको छ । पार्टीको चुनावी सभामा सभापति गगन थापा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामक बनिरहेका छन् । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनको विषयमा उनले एमाले अध्यक्ष ओलीको ‘संसद् भवन पहिले जलेको र त्यसपछि मात्रै गोली चलेको’ भन्ने भनाइप्रति र जेनजी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेनप्रति कटाक्ष गर्न भ्याए । उनले यस घटनामा दुईवटा प्रवृत्ति देखिँदा एमालेले ‘केही नबिग्रिएको’ भन्दै इन्कार गरेको र अर्को प्रवृत्ति ‘केही नबोलेको’ भन्दै व्यंग्य गरे । अहिले दुवै पार्टीले दन्किएको आगोमा आफ्नो राजनीतिको रोटी सेकेको बताउँदै यही सोचले नेपालमा भदौँ २३ र २४ को अवस्था आएको भन्दै कांग्रेस यी दुवै सोचभन्दा भिन्न रहेको थापाको दाबी छ ।