देश

रास्वपाको भोट बढाउने बीबीसीको रिपोर्ट, ओली र खापुङ डामिए, प्रहरीमाथि नै गम्भीर आरोप (भिडियोसहित)


काठमाडौं— केही दिनअघि नेकपा एमालेले आफ्नो चुनावी प्रचारलाई प्रभावकारी बनाउन एउटा चुनावी नारा नै तय गरेको थियो । ‘पहिला संसद जल्यो, त्यसपछि गोली चल्यो ।’ यो नाराले जेनजी आन्दोलनका बेला गोली चल्नुमा तत्कालीन सरकारको नेतृत्वमा रहेको एमालेको दोष नरहेको बरु विध्वंसकारीहरुका कारण कलिला विद्यार्थी मारिन पुगेको भाष्य निर्माणमा बल पुग्ने विश्वास थियो ।
तर, बीबीसी वल्र्ड सर्भिसले तयार गरेर अंग्रेजीमा बुधबार र नेपाली भाषामा बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको एउटा डकुमेन्ट्रीले ‘पहिले गोली चल्यो कि संसद जल्यो ?’ जवाफ आम दर्शकमाझ ल्याइदिएको छ । यो भिडियो सार्वजनिक भएसँगै आम नेपाली जनतासँगै राजनीतिक वृत्तसमेत तरंगित बनेको छ ।